Thursday, March 5, 2026
Homeराजनीति२२७१६ मतान्तरले कांग्रेस विजयी हुँदा २०७९ को निर्वाचनमा मोरङ ३ मा यस्तो...

२२७१६ मतान्तरले कांग्रेस विजयी हुँदा २०७९ को निर्वाचनमा मोरङ ३ मा यस्तो थियो अन्तिम परिणाम

विराटचोकः आज फागुन २१ गते प्रतिनिधि सभा सदस्य चयनका लागि देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ। यसैबीच मोरङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा अघिल्लो पटकको मत परिणाम कस्तो थियो भन्ने यहाँ देखाउने प्रयास गरिएको छ ।

कांग्रेसका सुनिल शर्मा फराकिलो मतान्तरले विजयी हुँदा नायिका रेखा थापा तेस्रो
मोरङ क्षेत्र नम्बर ३ मा गत निर्वाचनमा नेपाली कांग्रेसका सुनिल शर्मा फराकिलो मतान्तरले विजयी हुनुभएको थियो । शर्मा ४८,६१३ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका भानुभक्त ढकालले २५,८९७ र तेस्रो स्थानमा रहनुभएकी अभिनेत्री रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १०,९९८ मत ल्याउनुभएको थियो ।

सो क्षेत्रमा प्रत्यक्षतर्फ ९७,१२६ मत खसेकोमा ९२,२०२ मत सदर भएको थियो । समानुपातिकतर्फ ९७,२६७ मत खसेकोमा ९३,२६३ मत सदर भएको थियो ।

एमालेले समानुपातिकतर्फ र प्रत्यक्षतर्फ ल्याएको मत झण्डै बराबर
प्रत्यक्षमा उठेका उम्मेद्वारले पाएको मतभन्दा समानुपातिकमा सो दलले पाएको मत केही कम र कुनै क्षेत्रमा निकै कम हुने गर्छ । तर, मोरङ क्षेत्र नम्बर ३ मा नेकपा एमालले गत निर्वाचनमा प्रत्यक्षमा र समानुपातिकतर्फ पाएको मतमा धेरै भिन्नता छैन ।

समानुपातिकतर्फ नेपाली कांग्रेसले २९,८५९, नेकपा एमालेले २५,०२८ रास्वपाले १४,४०८, राष्ट्रिय प्रजातन्त्र पार्टीले ९,३७२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले ४६४४ र एकीकृत समाजवादी पार्टी नेपालले ३,९७२ मत ल्याएका थिए । समानुपातिकमा सबैभन्दा कम बहुजन शक्ति पार्टी नेपालले ३ मत ल्याएको थियो ।

सो क्षेत्रमा अघिल्लो निर्वाचनमा ६४ प्रतिशत मतदाताले मतदान गरेका थिए ।

क्षेत्र नम्बर ३ मा यस पटक १,५८,०५७ जना मतदाता रहेका छन् । जसमा ७७,१७० जना पुरुष तथा ८०,८८३ जना महिला र ४ जना अन्य लिङ्गी रहेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments