विराटचोकः आज फागुन २१ गते प्रतिनिधि सभा सदस्य चयनका लागि देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ। यसैबीच मोरङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा अघिल्लो पटकको मत परिणाम कस्तो थियो भन्ने यहाँ देखाउने प्रयास गरिएको छ ।
४३० मतान्तरले कांग्रेस भएको थियो विजयी
गत निर्वाचनमा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू नेकपा एमालेका घनश्याम खतिवडालाई ४३० मतान्तरले पराजित गर्दै विजयी हुनुभएको थियो । लिम्बूले २७,२९७ मत ल्याउँदा खतिवडाले २६,८६७ मत ल्याउँदा तेस्रो स्थानमा रहेका रास्वपाका कमलबहादुर श्रेष्ठले ८०६३ मत ल्याउनुभएको थियो ।
प्रत्यक्षतर्फ ७५,२३५ मत खसेकोमा ७०,६७६ मत सदर भएको थियो । समानुपातिकतर्फ ७५,२७३ मत खसेकोमा ७१,१८३ मत सदर भएको थियो ।
समानुपातिकतर्फ नेकपा एमालेले २३३४२, नेपाली कांग्रेसले १७०१५, रास्वपाले ९७७४, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ६४४५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५६७२ र एकीकृत समाजवादी पार्टीले २८७४ मत ल्याएको थियो । समानुपातिकमा सबैभन्दा कम १ मत राष्ट्रिय नागरिक पार्टीले ल्याएको थियो ।
सो क्षेत्रमा अघिल्लो निर्वाचनमा ६० प्रतिशत मतदाताले मतदान गरेका थिए ।
क्षेत्र नम्बर १ मा यस पटक १,२८,५४५ मतदाता रहेका छन् । जसमा ६३,४९२ पुरुष र ६५,०५३ जना महिला रहेका छन् ।







