Thursday, March 5, 2026
Homeराजनीतिसमानुपातिकमा भन्दा प्रत्यक्षमा बढी मत खसेको मोरङ २ को यस्तो थियो ०७९...

समानुपातिकमा भन्दा प्रत्यक्षमा बढी मत खसेको मोरङ २ को यस्तो थियो ०७९ सालको निर्वाचनको नतिजा

विराटचोकः आज फागुन २१ गते प्रतिनिधि सभा सदस्य चयनका लागि देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ। यसैबीच मोरङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा अघिल्लो पटकको मत परिणाम कस्तो थियो भन्ने यहाँ देखाउने प्रयास गरिएको छ ।

१२०८ मतान्तरले एमाले भएको थियो विजयी
गत निर्वाचनमा नेकपा एमालेका ऋषिकेश पोखरेल नेपाली कांग्रेसकी सुजाता कोइरालालाई १२०८ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको थियो । पोखरेलले ३३,१४८ मत ल्याउँदा उपविजेता कोइरालाले ३१,९४० मत र तेस्रो स्थानमा रहेका रास्वपाका ठगेन्द्रप्रसाद न्यौपानेले ४,९८७ मत ल्याउनुभएको थियो ।

समानुपातिकमा भन्दा प्रत्यक्षमा बढी खसेको थियो मत
प्रत्यक्षतर्फ मत दिने मतदाताले समानुपातिकतर्फ पनि मत दिन पाउँछन् । त्यस्तै, निर्वाचनमा खटिएका कर्मचारीलगायतका अस्थायी मतदाताले समानुपातिकतर्फ मात्रै मत दिन पाउँछन् । त्यसअनुसार सबै केन्द्रमा समानुपातिकतर्फ बढी मत खस्ने गर्छ । तर अघिल्लो निर्वाचनमा मोरङ २ मा भने समानुपातिकतर्फभन्दा प्रत्यक्षतर्फ बढी मत खसेको थियो ।

प्रत्यक्षतर्फ ८०,१७१ मत खसेकोमा ७५,६६६ मत सदर भएको थियो । समानुपातिकतर्फ ७९,९४१ मत खसेकोमा ७५,६३२ मत सदर भएको थियो ।

समानुपातिकतर्फ नेकपा एमालेले २७,९१४, नेपाली कांग्रेसले २३,३९५, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ७५३७, रास्वपाले ७३०१, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३,८६६ र जनता समाजवादी पार्टी नेपालले ११८१ मत ल्याएको थियो । समानुपातिकमा सबैभन्दा कम ४ मत दुई वटा पार्टीले ल्याएका थिए । ती पार्टी बहुजन शक्ति पार्टी र नेपाल जनता पार्टी थिए ।

सो क्षेत्रमा अघिल्लो निर्वाचनमा ६४ प्रतिशत मतदाताले मतदान गरेका थिए ।

क्षेत्र नम्बर २ मा यस पटक १,२९,१८४ मतदाता रहेका छन् । जसमा ६७,५९३ जना पुरुष तथा ६१,५९० जना महिला र १ जना अन्य लिङ्गी रहेका छन् ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments