विराटचोकः शुक्रबार एक सूचना जारी गर्दै गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल –एन प्याब्सन) लाई अर्काे सूचना नभएसम्मका लागि निलम्बन गरेको छ ।
मन्त्रालयले दिएका निर्देशनको बारम्बार पालना नगरेको, संगठनका पदाधिकारीहरूले सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्य विपरीत कार्य गरेको आरोप छ ।
मन्त्रालयले सरोकारवालालाई असोज २३ गते छलफल गराएको थियो । त्यस छलफलमा अघिल्लो वर्षको मंसिर १२ गते दिएको निर्देशन बमोजिम कार्य गर्न आग्रह गरेको तर पालना नगरिएको भन्दै मन्त्रालयले निलम्बन गरेको हो ।
निलम्बनको सूचना जारी भएपछि संस्थाका नाममा कुनै पनि समूह वा गुटबाट हुने क्रियाकलाप गैरकानुनी हुने र कारबाही समेत गरिने चेतावनी मन्त्रालयले दिएको छ ।





