बेलबारीः मोरङको बेलबारी– ३ की काङ्ग्रेस नेतृ रुक्मीणि धिमाल श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको छ ।
नेपाली काङ्ग्रेसमा सक्रिय पति राजेश धिमालको मृत्युपछि राजनीतिमा सक्रिय भएकी धिमाल २०७४ को स्थानीय चुनावमा बेलबारीको उपप्रमुखमा पराजित हुनुभएको थियो ।
त्यसपछि उहाँ बेलबारी साना शहरी तथा खानेपानी संस्थाको अध्यक्ष चुनिनुभएको थियो ।
वि. सं. २०७९ को स्थानीय निर्बाचनमा उहाँले पुनः नगर उपप्रमुखको उम्मेद्वारी दाबी गरे पनि टिकट पाउनुभएन । पुतली चुनाव चिह्न लिएर उहाँले बागी उम्मेद्वारी दिए पनि कांग्रेसका आधिकारिक उम्मेद्वार नितु थापा निर्वाचित हुनुभएको थियो ।
पछिल्लो समय उहाँ काङ्ग्रेसमै सक्रिय हुँदै आउनुभएको भए पनि हालै श्रम संस्कृतिमा प्रवेश गर्नुभएको हो ।





