Friday, December 5, 2025
Homeपर्यटनमुगुको रारामा ज्योतिष तथा वास्तु राष्ट्रिय सम्मेलन, कोशी प्रदेश पर्यटन वर्षको निमन्त्रणा...

मुगुको रारामा ज्योतिष तथा वास्तु राष्ट्रिय सम्मेलन, कोशी प्रदेश पर्यटन वर्षको निमन्त्रणा गर्दै कोशीका ज्योतिषीहरू

रारा (मुगु)ः नेपाल ज्योतिष परिषद्को आयोजनामा रारा तालको मनोरम वातावरणमा ज्योतिष तथा वास्तु राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा देशभरका १३० भन्दा बढी ज्योतिषीहरूको सहभागिता रहेको थियो ।

परिषद्का केन्द्रीय अध्यक्ष केशव धितालले ज्योतिषीहरुमा एकरुपता कायम गर्दै वैज्ञानिक अनुसन्धानतर्फ ज्योतिषीहरु अघि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा कार्यकारी सभापतिबाट सम्मेलन घोषणापत्र सार्वजनिक हुनुका साथै महासचिवबाट साङ्गठानिक गतिविधि प्रस्तुत भएको थियो ।

नवग्रह अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्ने घोषणा गर्दै भविष्यमा ज्योतिष शिक्षालाई एकरूपता दिने र वैज्ञानिक आधारमा सुदृढ बनाउने उद्देश्य कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

कोशी प्रदेश अध्यक्ष बाबुराम निरौलाले उद्घाटन सत्रमा बोल्दै रारालाई राष्ट्रिय पञ्चाङ्ग निर्माण केन्द्रको रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुका साथै ध्यान–आध्यात्मिक पर्यटन केन्द्रका रूपमा अघि बढाउन सके कर्णाली प्रदेश समृद्ध हुन सक्ने धारणा राख्नुभयो । उहाँले कोशी पर्यटन वर्ष २०८२ लाई सफल बनाउन कोशी भ्रमणमा सहभागी हुन सबैलाई आग्रह गर्नुभएको थियो ।

‘यस्तो भव्य र ऐतिहासिक सम्मेलन हुनेछ भन्ने मैले सोचेकै थिइनँ’, कोशी प्रदेशका उपमहासचिव सूर्य पोखरेलले सम्मेलनबारे प्रतिक्रिया दिँदै भन्नुभयो, ‘सहभागीहरूको उत्साह र एकता देख्दा भविष्यप्रति आशावादी बनेको छु ।’

परिषद्का केन्द्रीय महासचिव विश्वप्रकाश लामिछानेले आफूले अपेक्षा गरेभन्दा राम्रो व्यवस्था सम्मेलनमा भएको जानकारी दिनुभयो ।

धनकुटाका सहभागी वरिष्ठ ज्योतिष घनश्याम चापागाईंले प्रारम्भिक अनुमानभन्दा बढी सहभागिता हुनु ज्योतिषप्रति बढ्दो जनविश्वासको प्रमाण भएको बताउनुभयो ।

सम्मेलनले नेपालभरिका ज्योतिषीहरूबीच समन्वय विस्तार गर्नुका साथै ज्ञान आदान–प्रदान, अनुसन्धान र संस्थागत अभ्यासको वातावरण सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा आयोजकले गरेको जनाएको छ ।

सम्बन्धित थप समाचारहरूः

ज्योतिष र नेताले बोलेको नपुगे विश्वास गुमाउँछन्ः पूर्व मुख्यमन्त्री केदार कार्की

नेपाल ज्योतिष परिषदद्वारा पाथीभरा क्षेत्र विकास समिति सम्मानित

सुन्दरहरैंचामा नवग्रह अध्ययन केन्द्र बनाई अध्येता र पर्यटक भित्र्याउने योजनामा नेपाल ज्योतिष परिषद्

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments