Friday, December 5, 2025
Homeप्रविधिसुन्दरहरैंचामा नवग्रह अध्ययन केन्द्र बनाई अध्येता र पर्यटक भित्र्याउने योजनामा नेपाल ज्योतिष...

सुन्दरहरैंचामा नवग्रह अध्ययन केन्द्र बनाई अध्येता र पर्यटक भित्र्याउने योजनामा नेपाल ज्योतिष परिषद्

विराटचोकः मोरङको सुन्दरहरैंचा–५ स्थित नयाँ वृन्दावन गौशालामा नवग्रह अध्ययन केन्द्र स्थापना हुने भएको छ । ज्योतिषीय ज्ञानको अभिवृद्धि तथा धार्मिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले केन्द्र निर्माणको योजना सार्वजनिक गरिएको हो । सो अध्ययन केन्द्रको निर्माणपछि नवग्रहको अध्ययन, अनुसन्धानका लागि अध्येता र अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने अपेक्षा ज्योतिष परिषद्ले गरेको छ ।

नेपाल ज्योतिष परिषद्को आयोजनामा र नेपाल ज्योतिष परिषद् कोशी प्रदेशको आतिथ्यतामा आज आयोजित कार्यक्रममा परिषद् कोशी प्रदेशका अध्यक्ष बाबुराम निरौलाले नवग्रह अध्ययन केन्द्रको स्वरूप तथा सम्भावित प्रभावबारे जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रमा नवग्रहसम्बन्धी अध्ययन, अनुसन्धान, प्रशिक्षण तथा परामर्श सेवा उपलब्ध गराइनेछ ।

कार्यक्रममा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की प्रमुख अतिथि रहनुभएको थियो । उहाँले धार्मिक ज्ञान र ज्योतिषशास्त्रको विकासले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभएको थियो । धार्मिक क्षेत्रलाई भोट बैंकको रूपमा प्रयोग गरिएकोमा दुःख व्यक्त गर्दै उहाँले पुजारीले नै आर्थिक सहयोग माग्ने नाममा नेतासँग भोटमा मन्दिर बेच्ने गरेको उहाँको आरोप थियो ।

कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाई, नेपाल नगरपालिका संघ कोशी प्रदेशका अध्यक्ष तथा बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राई, दक्षिण एशियाली ज्योतिष परिषद्का अध्यक्ष डा. सहदेव बिष्ट, नयाँ वृन्दावन गौशालाका संरक्षक दीनबन्धु शास्त्री विशिष्ट अतिथि हुनुहुन्थ्यो ।

कार्यक्रमका वक्ताले गणित ज्योतिषको जस्तै फलित ज्योतिषलाई पनि विश्वसनीय बनाउनुपर्नेलगायतका सुझाव दिनुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments