विराटचोकः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँ बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज सुनको भाउ प्रति तोला १ लाख ९१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।







