Friday, May 23, 2025
Homeपर्यटननेपाल ज्योतिष परिषदद्वारा पाथीभरा क्षेत्र विकास समिति सम्मानित

नेपाल ज्योतिष परिषदद्वारा पाथीभरा क्षेत्र विकास समिति सम्मानित

फिदिमः धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै पाथीभरा क्षेत्र विकास समितिलाई नेपाल ज्योतिष परिषद् कोशी प्रदेशले सम्मान गरेको छ ।

परिषद्ले पाँचथरको फिदिममा हिजो आयोजना गरेको ‘ज्योतिष, वास्तु, धर्मशास्त्र तथा धार्मिक पर्यटन प्रवद्र्धन कार्यक्रम’ मा समितिलाई सम्मान गरेको हो ।

समितिले लामो समयदेखि धार्मिक पर्यटनको विकासमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । समितिका अध्यक्ष रक्की थेबे (लिम्बू) ले सम्मानपत्र ग्रहण गर्नुभएको थियो ।

फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपाने, नेपाल ज्योतिष परिषद् केन्द्रीय महासचिव विश्वप्रकाश लामिछाने, परिषद्को कोशी प्रदेश अध्यक्ष बाबुराम निरौला र जिल्ला अध्यक्ष रमेशचन्द्र न्यौपानेले संयुक्त रूपमा सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो ।

ज्योतिष पेसामा लामो समयदेखि योगदान पुर्याउँदै आउनुभएका नेपाल ज्योतिष परिषद् पाँचथरका सल्लाहकार एवं समितिका संयोजक गङ्गाराम भट्टराई र वरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद भट्टराईलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।

समितिका अध्यक्ष थेबेले परिषद्को सम्मानले धार्मिक पर्यटन प्रवद्र्धनको अभियानमा थप ऊर्जा र प्रेरणा प्राप्त भएको बताउनुभयो । उहाँले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्व बोकेको पाथीभरा क्षेत्रको संरक्षण, व्यवस्थापन र प्रचारप्रसारमा निरन्तर लागिरहने बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments