विराटचोकः बिहीबार भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसकी बासना थापा निर्वाचित हुनुभएको छ । कांग्रेसबाट निर्वाचन जित्ने उहाँ एक मात्र महिला बन्न सफल हुनुभएको छ ।
कांग्रेसले अग्रता लिइरहेका ९ स्थानमा सबै पुरुष उम्मेद्वार छन् । कांग्रेसले ५ सिटमा जीत हासिल गरिसकेको छ ।
निर्वाचनको अन्तिम मत परिणामअनुसार विजयी थापाले १२३७२ मत ल्याउँदा नेकपा एमालेका रवीन्द्रराज शर्माले ११७९६ मत ल्याउनुभएको छ । रास्वपाका नन्दकिशोर बस्नेतले ७८९४ र नेपाली कम्युनिष्ट पार्टीका अम्बरबहादुर थापाले ४१०९ मत ल्याउनुभएको छ ।
बाँकी उम्मेद्वारले ६०० मत कटाउनुभएको छैन ।
तेह्रथुममा नेकपा एमालेका सचिव भानुभक्त ढकाल पराजित, नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी
रसुवामा कांग्रेसका मोहन आचार्य विजयी
३ जना उम्मेद्वार रहेको मनाङबाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङ झण्डै ६ गुणा मतले विजयी
कांग्रेसले पनि खोल्यो खाता, हिमाली जिल्ला मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली विजयी, एमाले दोस्रो







