काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेललाई पराजित गर्दै रास्वपाका सस्मित पोखरेल काठमाडौं क्षेत्र नम्बर ५ बाट विजयी हुनुभएको छ ।
विजयी पोखरेलले ३०७३७ मत ल्याउँदा नेपाली कांग्रेसका पौडेलले ९१५९ मत ल्याउनुभएको छ । नेकपा एमालेका ईश्वर पोखरेलले ४७०९, राप्रपाका कमल थापाले १७२९ र उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङले ११०० मत ल्याउनुभएको छ ।
बाँकी उम्मेद्वारले ८०० भन्दा कम मत ल्याउनुभएको छ ।







