Monday, November 2, 2026
Homeकला र साहित्यइटहरीमा बुधबार नेपथ्यको लाइभ कन्सर्ट हुने

इटहरीमा बुधबार नेपथ्यको लाइभ कन्सर्ट हुने

इटहरी । कात्तिक १८ गते बुधबार इटहरीमा नेपाली साङ्गीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यको लाइभ कन्सर्ट हुने भएको छ ।

इटहरी रङ्गशालामा पूर्वाञ्चल इभेन्ट्स प्रालिको आयोजनामा हुने कन्सर्टको बारेमा जानकारी दिन आयोजकले आइतबार इटहरीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । कन्सर्टमा नेपथ्यका मुख्य गायक अमृत गुरुङसहित ब्यान्डका सदस्यले साङ्गीतिक प्रस्तुति दिने भएका छन् ।

इटहरी उपमहानगरपालिकाको संरक्षण तथा कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रवद्र्धनमा आयोजना हुन लागेको कार्यक्रमले पूर्वी नेपालमा साङ्गीतिक पर्यटनको विकास र प्रवद्र्धनमा योगदान पुर्याउने आयोजकका प्रबन्ध निर्देशक कुलबहादुर कार्कीले बताउनुभयो ।

नेपाली मौलिक सङ्गीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल नेपथ्यको प्रस्तुति हेर्न कोशी प्रदेशका विभिन्न जिल्लासहित आसपासका क्षेत्रबाट करिब १० हजार दर्शक सहभागी हुने आयोजकको अनुमान छ ।

कार्यक्रमको उद्देश्य मनोरञ्जन प्रदान गर्नुका साथै इटहरीलाई पूर्वी नेपालको प्रमुख सांगीतिक तथा सांस्कृतिक गन्तव्यका रूपमा स्थापित गर्नु, आन्तरिक पर्यटन प्रवद्र्धन गर्नु र स्थानीय होटल, यातायात, व्यापार तथा व्यावसायिक गतिविधिलाई चलायमान बनाउनु रहेको कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रमलाई व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।

दर्शकको सहज प्रवेश, सुरक्षा व्यवस्था तथा कार्यक्रमस्थल व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको जनाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments