Friday, March 6, 2026
Homeफिचरकांग्रेसले पनि खोल्यो खाता, हिमाली जिल्ला मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली विजयी,...

कांग्रेसले पनि खोल्यो खाता, हिमाली जिल्ला मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली विजयी, एमाले दोस्रो

विराटचोकः प्रतिनिधिसभाको सदस्यका लागि हिजो भएको निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसका खाता खोलेको छ । मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन थकाली दोस्रो पटक विजयी हुनुभएको छ ।

३३०७ मतका साथ उहाँ विजयी हुनुभएको हो । गत निर्वाचनमा पनि उहाँ विजयी हुनुभएको थियो । गत निर्वाचनमा ल्याएभन्दा कम मत ल्याएर उहाँ विजयी हुनुभएको छ ।

८ जना उम्मेद्वार रहेको सो क्षेत्रमा नेकपा एमालेका इन्द्रधारा ङादु बिष्ट दोस्रो स्थानमा रहँदै १८०६ मत ल्याउनुभएको थियो । रास्वपाका अधितीय चन्द्र थकालीले ७५९ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी कमला लालचनले १६१ मत ल्याउनुभएको छ ।

नेपाली कम्युनिष्ट पार्टीका ङुटुक गुरुङले १५१, उज्यालो नेपालका सुरेन्द्र शेरचनले ८५, आम जनता पार्टीका अजय बिकले ९ र मंगोल नेशनल अर्गनाइजेसनका यमबहादुर गुरुङले ३ मत ल्याउनुभएको छ ।

सो क्षेत्रमा २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका योगेश गौचन थकाली नै ३९९२ मतसहित विजयी हुनुभएको थियो । नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले ३०७८, राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रवीणकुमार शेरचनले १३ मत ल्याउनुभएको थियो ।

 

प्रतिनिधि सभा निर्वाचन २०८२ को पहिलो जीत घोषणा, काठमाडौं १ मा रास्वपाकी रञ्जु न्यौपाने विजयी

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments