विराटचोकः नेपाली कांग्रेसले दोस्रो जीत मनाङबाट हासिल गरेको छ । हिजो भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसअघि मुस्ताङबाट कांग्रेसका योगेश गौचन थकाली निर्वाचित हुनुभएको छ ।
मनाङबाट नेपाली कांग्रेसका गुरुङ निकटतम प्रतिद्वन्द्वीको मतभन्दा झण्डै ६ गुणा बढी मत ल्याएर विजयी हुनुभएको हो । गुरुङले २४१५ मत ल्याउँदा नेपाली कम्युनिष्ट पार्टीकी यशोदा गुरुङ सुवेदीले ४५४ र मंगोल नेशनल अर्गनाइजेशनका रामबहादुर घलेले ९ मत ल्याउनुभएको छ ।
हिजो भएको निर्वाचनमा हालसम्मको परिणाममा सबैभन्दा कम मत ल्याएर जीत हासिल गर्ने उम्मेद्वार गुरुङ हुनुभएको छ ।
गत निर्वाचनमा पनि कांग्रेसका गुरुङ २५७५ मत ल्याएर विजयी हुनुभएको थियो । गत निर्वाचनमा नेकपा एमालेका पोल्देन छोपाङ गुरुङले २२४७ र रास्वपाका मुख्या गुरुङले ५ मत ल्याउनुभएको थियो ।







