तेह्रथुमः तेह्रथुमबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार सन्तोष सुब्बा विजयी भएका छन् । अघिल्लो निर्वाचनमा तेह्रथुमबाट नेपाली कांग्रेसकी सीता सुब्बा विजयी भएकी थिइन् ।
यसपटक विजयी सन्तोष सुब्बाले नेकपा एमालेका उम्मेद्वार भानुभक्त ढकाललाई ८८० मतान्तरले पराजित गरेका हुन् । ढकाल नेकपा एमालेका सचिव हुन् ।
सुब्बाले ११ हजार ५६१ मत पाउँदा ढकालले १० हजार ६८२ मत ल्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले ७ हजार ७३७ मत पाए भने श्रम संस्कृति पार्टीका सुविन्द्र कुमार लिम्बूले ५ हजार २०० मत पाए । नेकपाका रनध्वज लिम्बूले ९१९ मत पाए ।
अन्य उम्मेद्वारले ३०० मत कटाउन सकेनन् ।







