गोठगाउँः मोरङको सुन्दरहरैंचा नगरपालिकामा सीमान्तकृत समुदायलाई लक्षित गरी सञ्चालन गरिएका आवास तथा पूर्वाधार विकासका कार्यक्रमको स्थलगत अवलोकन तथा निरीक्षण गरिएको छ ।
सुन्दरहरैँचा नगरपालिका र आवासका लागि सहयोग समूह (लुमन्ती)को सहलगानी, साझेदारी तथा समन्वयमा नगर क्षेत्रका विभिन्न स्थानमा सञ्चालन गरिएका कार्यक्रमको प्रगति र उपलब्धिबारे जानकारी लिन स्थलगत अनुगमन गरिएको हो ।
जसअन्तर्गत सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ११ माथिल्लो पथरघट्टामा आवास तथा खानेपानी धारासम्बन्धी कार्यक्रमको अनुगमन र धारा हस्तान्तरण गरिएको थियो ।
वडा नम्बर २ को दिनाभद्री टोल, वडा नम्बर ७ को पराजुली टोल, वडा नम्बर ६ को गैरीटोल र वडा नम्बर ५ को डिपु नमुना टोल र वडा नम्बर ९ को मा सञ्चालित विभिन्न योजनाको अवलोकन गरिएको थियो ।
अनुगमनका क्रममा आवास निर्माण, ढल तथा पेबल्स, तटबन्ध, सामुदायिक भवन, सूचना केन्द्र र खानेपानीका धारालगायतका पूर्वाधारको अवस्थाबारे जानकारी लिइएको थियो । कार्यक्रममा लुमन्तीका साथै सम्बन्धित समुदाय, स्थानीय समूह तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
लुमन्तीद्वारा प्रवर्द्धित समावेशी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पनि अवलोकन गरिएको थियो ।
नगरपालिका र लुमन्तिको सहकार्यमा सञ्चालित कार्यक्रमले नगर क्षेत्रका सीमान्तकृत समुदायको आवास, खानेपानी तथा आधारभूत पूर्वाधारमा पु¥याएको योगदानको मूल्याङ्कन गर्नुका साथै स्थानीयस्तरमा भएका उपलब्धि र चुनौती पहिचान गरेको थियो ।
अनुगमन कार्यक्रमको समापन समारोहमा बोल्दै समावेशी महिला बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी र सञ्चालकले सो सहकारी विशेष प्रकृतिको सहकारी भएकाले नगरले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।





