विराटनगरः नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेलाई पराजित गर्दै मोरङ ४ मा रास्वपाका सन्तोष राजवंशी निर्वाचित हुनुभएको छ ।
राजवंशी ४०८३३ मत ल्याएर निर्वाचित हुँदा उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले १२८१८ मत प्राप्त गर्नुभयो ।
नेकपाका अमनलाल मोदीले १०७६२ मत ल्याउँदा नेकपा एमालेका जीवन घिमिरेले ६९३३ मत ल्याउनुभयो । राप्रपाका माधवप्रसाद आचार्यले १०४७ मत ल्याउनुभयो ।
अन्य उम्मेद्वारले १००० भन्दा कम मत ल्याउनुभएको छ ।







