Saturday, July 19, 2025
Homeफिचरसम्मानजनक मतका साथ उपविजेता भएका ‘एक्लो बृहस्पति’ रामकृष्ण खड्का

सम्मानजनक मतका साथ उपविजेता भएका ‘एक्लो बृहस्पति’ रामकृष्ण खड्का

खेमचन्द्र अधिकारी
विराटचोकः ‘एक्लो बृहस्पति झुटा’ भन्ने नेपाली उखान छ । जसको अर्थ हुन्छ, जतिसुकै राम्रो काम गरे पनि र जतिसुकै सत्य बोले पनि हजारौँको अघि एक्लोको अर्थ हुन्न । उसलाई झुटो र खराब भनेर सबैले प्रमाणित गर्न कसरत गरिरहन्छन् ।

गत शनिबार भएको सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको निर्वाचनमा तीन वटा प्यानलबाट उम्मेद्वारहरु चुनावी मैदानमा खडा भएका थिए । नेपाली कांग्रेस समर्थित लोकतान्त्रिक समूह, नेकपा एमाले समर्थित प्रगतिशील समूह, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपा तथा दलहरुसँग रुष्ट भएका व्यक्तिको समूह ‘सलकपुर स्वतन्त्र युवा समूह’ गरी तीन प्यानलबाट उम्मेद्वारी परेको थियो । रामकृष्ण खड्का एक्लो उम्मेद्वारको रुपमा हुनुहुन्थ्यो ।

सचिव पदमा रोचक प्रतिष्पर्धा
खानेपानीजस्तो सामाजिक संघसंस्थामा पनि दलीय आधारमा उम्मेद्वार खडा हुनुले समाजलाई राजनीतिले कसरी गाँजेको छ भन्ने प्रष्ट हुन्छ । स्वतन्त्र नाम दिइएको समूहमा पनि विभिन्न दलमा आबद्ध व्यक्ति उम्मेद्वारको रुपमा खडा हुनुहुन्थ्यो । सचिव पदमा भने समाजसेवी युवा व्यक्तित्व रामकृष्ण खड्काको पनि उम्मेद्वारी परेको थियो । तीन वटा प्यानलको ‘राम्रो प्रचारप्रसार’का बीचमा उम्मेद्वारी दिए पनि प्रत्यक्ष रुपमा घरदैलो नहिँडी एक्लो प्रयासमा नै खड्का सम्मानजनक मत ल्याएर उपविजेता हुनुभएको छ ।

खसेको १७२२ मतमध्ये सचिव पदमा स्वतन्त्र समूहका सुरेश दाहाल ४३५ मत ल्याएर विजयी हुनुभएको छ । दाहालले पाएको मत एक्लै चुनावी मैदानमा खडा भएका खड्काको भन्दा ३८ मत मात्रै बढी छ । दुई वर्ष अघिसम्म नेकपा एमालेमा क्रियाशील खड्काले एमाले समर्थित उम्मेद्वार घनिन्द्र न्यौपानेको भन्दा ५ मत बढी ल्याउनुभएको छ । खड्काले ३९७, न्यौपानेले ३९२ र नेपाली कांग्रेस समर्थित उद्धव अधिकारीले २२६ मत ल्याउनुभएको छ ।

रोचक बनेको सचिव पदमा कस्ता थिए उम्मेद्वार
सचिव पदमा विजयी दाहाल पहिले नेपाली कांग्रेसमा आबद्ध हुनुहुन्थ्यो । सलकपुरमा हाम्रो बुक सेन्टर सञ्चालन गर्ने दाहाल हाल कांग्रेसको कार्यकर्ता हुनुहुन्नथियो ।

उपविजेता बनेका खड्का सुन्दरहरैंचा उद्योग वाणिज्य संघका उपमहासचिव हुनुहुन्छ । उहाँ नागदेवी मन्दिर व्यवस्थापन समितिको अध्यक्ष पनि हुनुहुन्छ । सलकपुर पार्टी प्यालेस तथा होटल रोयल प्यालेका सञ्चालक खड्का आयुर्वेदिक उपचार क्लिनिक सञ्चालनको तयारीमा पनि हुनुहुन्छ ।

प्रगतिशील समूहबाट उम्मेद्वार बन्नुभएका न्यौपाने नेकपा एमालेको जिल्ला स्तरको नेता हुनुहुन्छ । नेपाल रेडक्रस सोसाइटी सुन्दरहरैंचाका अध्यक्ष न्यौपाने सलकपुर बसाइँ आउनुपूर्व धनकुटामा बस्नुहुन्थ्यो । धनकुटामा रहँदा पनि उहाँ सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो ।

नेपाली कांग्रेस समर्थित लोकतान्त्रिक समूहबाट उम्मेद्वारी दिनुभएका उद्धव अधिकारी पूर्व शिक्षक हुनुहुन्छ ।

‘हीरा’लाई पार्टीले चिनेन, मैले ‘हैसियत’ देखाएँ
उपविजेता बन्नुभएका खड्कासँग फोन सम्पर्क गरेर प्रतिक्रिया लिँदा आफूजस्तो हीरालाई नेकपा एमालेले नचिनेपछि २ वर्ष अघि आफू एमालेको राजनीतिबाट अलग्गिएको बताउनुहुन्छ । ‘सधैँ आसेपासेको मात्रै जेमा पनि नाम आउने, जहिल्यै अरु मात्रै सिफारिश हुने भएपछि बाध्य भएर एमाले छोडेँ’, उहाँले भन्नुभयो, ‘तीन वटा प्यानलबीचमा मेरो लोकप्रियता जाँचौँ भनेर र एमालेलाई मेरो क्षमता देखाउन पनि मैले उम्मेद्वारी दिएको थिएँ ।’ आफूलाई मत दिने मतदातालाई धन्यवाद दिँदै उहाँले भन्नुभयो, ‘मैले एमालेलाई मेरो हैसियत देखाइदिएँ ।’

दलीय राजनीतिलाई सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको चुनावमा स्वतन्त्रको प्यानलले अधिकांश सिट जितेर असफल बनाइदिएको छ । एक्लै चुनावी मैदानमा होमिएका स्वतन्त्र उम्मेद्वार रामकृष्ण खड्काले पाएको सम्मानजनक मतले खड्काको लोकप्रियता मात्रै देखाएको छैन खड्काको सम्मानजनक उपस्थिति सलकपुरमा छ । खड्कालाई नेतृत्वमा गएको देख्न चाहनेको सङ्ख्या कम छैन भन्ने पनि यस निर्वाचन परिणामले देखाएको छ ।

सम्बन्धित समाचारहरुः

सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ कार्यसमितिमा रामकुमार तामाङ विजयी

सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिमा तीन वटै प्यानलबाट मिश्रित परिणाम आउने सङ्केत

सलकपुर खानेपानीको नयाँ नेतृत्वका लागि तीन समूह चुनावी मैदानमा, सचिवमा ४ जना उम्मेद्वार

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments