सलकपुरः शनिबार सलकपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनबाट तीन वटै प्यानलबाट मिश्रित पदाधिकारी निर्वाचित हुने सङ्केत देखिएको छ । मुख्य ५ पदाधिकारीमा स्वतन्त्रका ३ उम्मेद्वार र लोकतान्त्रिक समूहका २ उम्मेद्वारले अग्रता लिएका छन् । केही सदस्य पदमा प्रगतिशील समूहका उम्मेद्वारले अग्रता लिएका छन् ।
चुनावमा नेकपा एमाले समर्थित उम्मेद्वारको प्रगतिशील समूह नामक एउटा प्यानल थियो भने नेपाली कांग्रेस समर्थित उम्मेद्वारको लोकतान्त्रिक समूह नामक अर्काे प्यानल । रोचक त के थियो भने दुवै दलबाहेकको अर्काे एउटा प्यानल थियो । सलकपुर स्वतन्त्र युवा समूह नाम दिइएको सो प्यानलमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी तथा कुनै पनि दलमा आबद्ध नभएका व्यक्तिहरु उम्मेद्वारको रुपमा खडा थिए । सचिव पदमा भने रामकृष्ण खड्काको थप स्वतन्त्र उम्मेद्वारी थियो ।
मतगणनाको प्रारम्भदेखि नै स्वतन्त्र समूहले अग्रता लिएको थियो । जुन मतगणनाको उत्तराद्र्धसम्म कायमै छ । आज बिहान ९ बजे आसपाससम्ममा १४८६ मत गन्दा यस्तो आएको छ परिणामः

उम्मेद्वारको नाम निर्वाचनमा दर्ता भएको क्रमसंख्याको आधारमा राखिएको छ ।







