Friday, December 5, 2025
Homeफिचरसलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ कार्यसमितिमा रामकुमार तामाङ विजयी

सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ कार्यसमितिमा रामकुमार तामाङ विजयी

सलकपुरः शनिबार सलकपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनबाट अध्यक्षमा तामाङ चयन हुनुभएको हो । सलकपुर स्वतन्त्र युवा समूह नाम दिइएको प्यानलबाट उम्मेद्वारी दिनुभएका उहाँ नेकपा माओवादी केन्द्र समर्थित उम्मेद्वार हुनुहुन्छ ।

शनिबार भएको निर्वाचनमा मत खसेको थियो । जसमध्ये तामाङ ५९५ मत ल्याएर विजयी हुनुभएको हो ।

उपाध्यक्षमा नेपाली कांग्रेस समर्थित लोकतान्त्रिक समूहका दीपक गुरुङ ७०० मत ल्याएर विजयी हुनुभएको छ ।

सचिवमा स्वतन्त्र समूहका सुरेश दाहाल ४३५ मत ल्याएर विजयी हु्नुभएको छ ।

सहसचिवमा स्वतन्त्र समूहका चिरञ्जीवी सुवेदी ५६९ मत ल्याएर विजयी हुनुभएको छ ।

कोषाध्यक्षमा लोकतान्त्रिक समूहकी साबित्रा पोखरेल ६७४ मत ल्याएर विजयी हुनुभएको छ ।

महिला सदस्यमा प्रगतिशील समूहकी सुनिता घिमिरे ५९३ मत र लोकतान्त्रिक समूहकी बबिता कार्की अधिकारी ४७२ मत ल्याएर विजयी हुनुभएको छ ।

खुला सदस्यमा लोकतान्त्रिक समूहका ज्ञानबहादुर खड्का ६३२ मत, स्वतन्त्र समूहका देवेन्द्र भट्टराई ५२२ मत, स्वतन्त्र समूहका रोशन कार्की ४८२ मत र प्रगतिशील समूहका लीलाप्रसाद दाहाल ४६७ मत ल्याएर विजयी हुनुभएको छ ।

लेखा समिति संयोजकमा लोकतान्त्रिक समूहका सरोज भट्टराई ६१० मत ल्याएर विजयी हुनुभएको छ ।

लेखा सदस्यमा लोकतान्त्रिक समूहकी मन्दिरा थापा ५४५ मत र प्रगतिशील समूहका विष्णु प्रसाईँ ५२९ मत ल्याएर विजयी हुनुभएको छ ।

सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिमा तीन वटै प्यानलबाट मिश्रित परिणाम आउने सङ्केत

सलकपुर खानेपानीको नयाँ नेतृत्वका लागि तीन समूह चुनावी मैदानमा, सचिवमा ४ जना उम्मेद्वार

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments