Friday, December 5, 2025
Homeफिचरसलकपुर खानेपानीको नयाँ नेतृत्वका लागि तीन समूह चुनावी मैदानमा, सचिवमा ४ जना...

सलकपुर खानेपानीको नयाँ नेतृत्वका लागि तीन समूह चुनावी मैदानमा, सचिवमा ४ जना उम्मेद्वार

सलकपुरः सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ कार्यसमिति चयनका लागि जेठ २४ गते निर्वाचन हुने भएको छ । ११ सदस्यीय कार्यसमिति र ३ सदस्यीय लेखा समितिका लागि तीन समूह चुनावी मैदानमा होमिएका छन् ।

नयाँ नेतृत्वका लागि नेपाली कांग्रेसले श्यामप्रसाद ढकालको नेतृत्वमा उपाध्यक्षमा दीपक गुरुङ, सचिवमा उद्धवप्रसाद अधिकारी, सहसचिवमा दीनानाथ अधिकारी (दिपेश), कोषाध्यक्षमा साबित्रा पोखरेललाई अघि सारेको छ ।

सदस्यहरुमा बबिता कार्की अधिकारी, लक्ष्मी भण्डारी, ज्ञानबहादुर खड्का, राजु बरुवाल, मकबुल मिया र सिलास उराउलाई उम्मेद्वारको रुपमा अघि सारेको छ ।

इञ्जिनियर सरोज भट्टराईको संयोजक रहने गरी लेखा समितिमा कपिल पोखरेल र मन्दिरा थापालाई अघि सारिएको छ ।

नेकपा एमालेले रामप्रसाद लुइँटेलको नेतृत्वमा उपाध्यक्षमा दोर्ण शिवा, सचिवमा घनिन्द्र न्यौपाने, सहसचिवमा ज्ञानबहादुर सुवेदी, कोषाध्यक्षमा गंगाबहादुर अधिकारीलाई अघि सारेको छ । सदस्यहरूमा लीलाप्रसाद दाहाल, पुष्पराज काफ्ले, बद्री ढकाल, सुनिता घिमिरे, भानुदेवी पाण्डे, दुर्गाप्रसाद चौलागाईले उम्मेद्वारी दिनुभएको छ ।

लेखा संयोजकमा कमलप्रसाद गुरागाई, तथा लेखा सदस्यमा विष्णु प्रसाई र लक्ष्मीप्रसाद अधिकारी नेकपा एमाले समर्थित प्रगतिशील समूहबाट उम्मेद्वार चयन हुनुभएको छ ।

सो निर्वाचनका लागि स्वतन्त्र समूहले पनि उम्मेद्वारी दिएको छ । सो समूहले नेकपा माओवादी केन्द्र समर्थित रामबहादुर तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति र ३ सदस्यीय लेखा समितिका लागि उम्मेद्वारी घोषणा गरेको छ ।

सलकपुर स्वतन्त्र युवा समूह नाम दिइएको सो समूहबाट उपाध्यक्षमा नगेन्द्र अधिकारी (नीलम), सचिवमा सुरेश दाहाल, सह सचिवमा चिरणजीव सुवेदी (सुनिल) र कोषाध्यक्षमा पृथ्वी नेपाली उम्मेद्वार हुनुहुन्छ ।

सदस्यमा रेवत राय माझी, कविता लुइँटेल राई, तिलमाया अधिकारी, रोशन कार्की, राजेन्द्रप्रसाद ढकाल र देवेन्द्र गुरागाईँले उम्मेद्वारी दिनुभएको छ ।

लेखा संयोजकमा डेगिन्द्रप्रसाद सुवेदी र सदस्यमा गहनु चौधरीले उम्मेद्वारी दिनुभएको छ ।

यी तीन समूहबाहेक सचिव पदमा रामकृष्ण खड्काले उम्मेद्वारी दर्ता गराउनुभएको छ । खड्का सुन्दरहरैंचा उद्योग वाणिज्य संघका उपमहासचिव हुनुहुन्छ । उहाँ सलकपुरमा रहेको नागदेवी मन्दिर व्यवस्थापन समितिको अध्यक्ष पनि हुनुहुन्छ । ‘शुद्ध तथा स्वच्छ खानेपानी, स्वस्थ जिन्दगानी’ नारा उहाँले अघि सार्नुभएको छ ।

सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिमा आबद्ध घरधुरीको सङ्ख्या २ हजार ५४८ रहेको छ ।

यस्ता छन् उम्मेद्वारका प्रतिबद्धताहरू
सबै समूहका उम्मेद्वारले आकर्षक नारा र प्रतिबद्धता अघि सारेका छन् ।

प्रगतिशील समूहको १३ बुँदे प्रतिबद्धता तथा कार्ययोजना
यस समूहले दैनिक रुपमा पानीको गुणस्तर परीक्षण, डिजिटल प्रविधिमार्फत् महसुल भुक्तानी, त्रैमासिक रुपमा लेखापरीक्षणलगायतका आफ्ना योजना र प्रतिबद्धता उपभोक्तासमक्ष प्रस्तुत गरेको छ ।

१. दैनिक गुणस्तर परीक्षणसहित पानी वितरण

२. पाइपलाइन विस्तार गरी सबै घरमा समान सेवा पहुँच

३. खानेपानी ट्याङ्की वरपर हरियाली र सुरक्षात्मक संरचना विकास,

४. जोखिम न्यूनीकरणका लागि कम्तीमा १० स्थानमा दमकल सेवा स्थापना,

५. सेवा प्रवाहमा व्यावसायिकता, शीघ्रता र शिष्टताअन्तर्गत उपभोक्तालाई सहज, सम्मानजनक र उत्तरदायी सेवा प्रदान गरिने,

६. मोबाइल एप तथा अनलाइनमार्फत् डिजिटल भुक्तानी सुविधा

७. स्मार्ट च्याम्बरद्वारा क्षेत्रीय मर्मत कार्य, आपूर्ति निरन्तरता

८. निर्णय तथा खर्चमा पारदर्शिता, जनसहभागिता

९. स्वच्छता, स्वास्थ्य, शिक्षा, वातावरण, राहतलगायत सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन,

१०. उपभोक्ताबाट सङ्कलित आम्दानी सेवा सुधारमा प्रयोग

११. सम्पूर्ण खर्च सार्वजनिक सूचना र प्रतिष्पर्धामूलक प्रक्रियाबाट सञ्चालन गरिने

१२. त्रैमासिक लेखापरीक्षण र सार्वजनिक लेखा विवरण प्रकाशन गरिने,

१३. सामाजिक न्यायलाई आत्मसात् गर्दै अति विपन्न परिवारलाई शुद्व पानी सुलभ हुने गरी विशेष योजना लागू गरिने ।

यस समूहले अबको आवश्यकता सफा पानी मात्र होइन, सफा समिति पनि हो, हामी बोल्ने मात्र होइन कार्यान्वयनमा विश्वास राख्छौँ र हामी वाचा गर्ने मात्र होइन जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता गर्दछौँ भन्ने आकर्षक नारा पनि संस्थाका उपभोक्तासमक्ष सार्वजनिक गरेको छ ।

लोकतान्त्रिक समूहका प्रतिबद्धताहरु
पुरानो पाइपलाइन प्रतिष्थापनदेखि कमजोर आर्थिक अवस्था भएका उपभोक्तालाई स्थानीय तहसँगको समन्वयमा सुलभ र सहज ढङ्गले खानेपानीको व्यवस्थापन गर्ने सम्मका नारा यस समूहले अघि सारेको छ ।

१. पुरानो पाईपलाईनलाई प्रतिस्थापन गरी नयाँ पाईपलाईन बिस्तार गर्नका लागि अनुदान र सहयोगको व्यवस्थान गरिने ।

२. वितरण क्षेत्रभित्रका सबैमा एक घर एक धारा अनिवार्य पुर्याउने ।

३. कमजोर आर्थिक अवस्था भएका उपभोक्ताहरुलाई नगर, वार्डसँग समन्वय गरी सुलभ र सहज ढंगले खानेपानीको व्यवस्था गर्ने ।

४. नयाँ कार्यालयमा फर्निचर व्यवस्था गरी पूर्ण रुपले सञ्चालनमा ल्याउने ।

५. पुरानो ट्याङ्गी मर्मत तथा रङरोगन गरी कम्पाउण्ड आकर्षक बनाउने ।

६. प्रविधीमैत्री संस्था बनाउने, डिजिटल प्रविधिको प्रयोग गरी भुक्तानी र गुनासो सुनुवाईलाई छिटो छरितो बनाउने ।

७. वास चेम्वर र फायर प्वाइन्ट राखी वास आउटको व्यवस्था गर्ने ।

८. सरसफाई, खानेपानीको सदुपयोग र स्रोतहरुको संरक्षण सम्बन्धी कार्यक्रमहरु गर्ने ।

९. प्रत्येक आर्थिक वर्षको पुस मसान्तमा साधारण सभा गर्ने ।

१०. टोल समितिलाई जिम्मेवार र सक्रिय बनाउने ।

११. कर्मचारी नीतिलाई समयसापेक्ष परिमार्जन गरी कार्य क्षमता अभिवृद्धि गराउँदै जिम्मेवार बनाउने ।

१२. पानीको शुद्धतालाई विशेष ध्यान दिँदै नियमित पानी परीक्षण गर्ने ।

१३. सफ्टवेयरको विकास गरी सहज बिल भुक्तानीका लागि इ सेवा, मोबाइल बैंकिङ, र खल्तीबाट व्यवस्था मिलाउने साथै घरमै बसेर मोबाइलबाट गुनासो राख्ने र सुनुवाइ गराउने व्यवस्था मिलाउने ।

१४. फिल्ट्रेशन राखी पानीको बोटलिङ गरी समितिलाई आर्थिक रुपमा सबल बनाउने ।

१५. अनविकरणीय पानीको स्रोतलाई जगेर्ना गर्न, पर्यावरणीय असर र नयाँ पानीका स्रोतहरुको खोजी गर्न विज्ञ समूहबाट परामर्श लिने ।

निष्कर्षः
सामाजिक संघ संस्था, उपभोक्ता समिति, टोल विकास समिति, विद्यालय व्यवस्थापन समितिलगायतका हरेक गैरराजनीतिक, सामाजिक संघसंस्थामा पनि राजनीतिको प्रभाव परेको देखिन्छ । त्यसको पछिल्लो उदाहरण हो सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको निर्वाचन । राजनीतिक प्रभाव र दबाबका कारण सही नेतृत्व चयन हुन नसक्नेतर्फ आम उपभोक्ता सचेत हुन जरुरी छ ।

सम्बन्धित समाचारहरू
सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिमा लोकतान्त्रिक समूहको प्यानल सार्वजनिक

सलकपुर खानेपानीको नयाँ कार्यसमितिका लागि प्रगतिशील समूहबाट रामप्रसाद लुइँटेलको नेतृत्वमा उम्मेद्वारी घोषणा

सलकपुर खानेपानीको साधारणसभा सम्पन्न, वार्षिक प्रतिवेदन संशोधनसहित अनुमोदन

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments