Tuesday, November 24, 2026
Homeराजनीतिरास्वपा प्रदेश समितिले कोशी प्रदेश प्रमुखका लागि केन्द्रमा पठायो तीन जनाको नाम

रास्वपा प्रदेश समितिले कोशी प्रदेश प्रमुखका लागि केन्द्रमा पठायो तीन जनाको नाम

विराटनगरः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको प्रदेश समितिले प्रदेश प्रमुखका लागि पार्टीको केन्द्रीय कार्यालयमा तीन जनाको नाम सिफारिश गरेको छ । राई लिम्बू समुदायलाई प्राथमिकता दिएर तीन जनाको नाम केन्द्रीय समितिलाई पठाइएको एक नेताले बताए ।

रास्वपाका सभापति रवि लामिछानेले राई–लिम्बू समुदायको व्यक्ति संसदमा पार्न नसकिएकोमा माफी मागेका थिए । गत चैतमा सांसदको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले उक्त समुदायका व्यक्तिलाई समेट्न किन नसकेको भन्दै आलोचना भएको र ध्यान पुग्न नसकेको बताएका थिए ।

सो माफीलाई सम्बोधन हुने गरी कोशी प्रदेश प्रमुखको पदमा पार्टीले आदिवासी समुदायको प्रतिनिधित्वलाई आलङ्कारिक रूपमा सम्बोधन गर्ने गरी छलफल भइरहेको बताइएको छ । प्रदेश प्रमुख नियुक्तिका विषयमा पार्टीभित्र आन्तरिक छलफल तीव्र भइरहेको पनि बताइएको छ ।

रास्वपा स्रोतका अनुसार तेह्रथुमका कपिलदेव सिङ्घकसहित अन्य दुई जनाको नाम सिफारिश भएको छ । सिङ्घक रास्वपा तेह्रथुमको सल्लाकार अध्यक्ष हुन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments