Friday, December 5, 2025
Homeकला र साहित्यजुझारु मिडियाको आयोजना र शिक्षा सन्देश इङ्लिस स्कुलको सहआयोजनामा बेलबारीमा स्रष्टाले यसरी...

जुझारु मिडियाको आयोजना र शिक्षा सन्देश इङ्लिस स्कुलको सहआयोजनामा बेलबारीमा स्रष्टाले यसरी सम्झिए गणेश रसिकलाई

बेलबारीः आइतबार बेलबारी–२ लालभित्तीमा रहेको शिक्षा सन्देश इङ्लिस स्कुल बेलबारीमा फरक रौनक थियो । ‘सम्झनामा गणेश रसिक’ नाम दिएर दिवङ्गत स्रष्टा गणेश रसिकको जीवनी, व्यक्तित्व तथा कृतित्वमाथिको चर्चा गर्न साहित्यकार तथा सो चर्चा सुन्न विद्यार्थी तथा अन्या साहित्यानुरागीको राम्रो उपस्थिति थियो ।

लेखक, स्रष्टा तथा कलाकार अमर हुन्छन्, उनीहरूको श्रद्धाञ्जली सभा गर्नु आवश्यक छैन भन्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको जुझारु मिडिया एन्ड रिसर्च सेन्टरका सञ्चालक केशु विरहीले बताउनुभयो ।

साहित्यकार हर्कमान तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भाषाविद् अमृतप्रसाद आचार्य, नाटककार भरत गुरागाईं बर्बरिक, सुन्दहरैँचा कला, साहित्य विकास समितिका अध्यक्ष छवि वैरागी घिमिरेलगायतका व्यक्तिले रसिकको स्मरण गरेका थिए ।

शिक्षा सन्देश इङ्ग्लिस स्कुलका विद्यार्थीहरूको पनि उपस्थिति रहेको कार्यक्रममा गायक आइतराज लिम्बू र जुनू बुढाथोकीले रसिकका गीत गाउनुभएको थियो ।

बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, शिक्षा सन्देश इङ्लिस स्कुलका प्रधानाध्यापक राजेश खत्री, कला–साहित्य प्रवद्र्धन समिति पथरी शनिश्चरेका सचिव लक्ष्मीप्रसाद फुयल, प्रिन्स प्रमोद ढकाल, सोमप्रसाद भट्टराई, सिजन श्रेष्ठ, दुर्गा खरेल, यादव भट्टराई, वासु अधिकारी, एकराज भट्टराईलगायतका लेखक, स्रष्टा तथा कलाकारहरूको कार्यक्रममा उपस्थिति थियो ।

शिक्षा सन्देशका विद्यार्थीको समूहले ‘मलाई प्यारो लाग्छ….’ भन्ने रसिकको गीत गाएका थिए ।

शिक्षा सन्देश इङ्लिस स्कुलका अध्यक्ष भुपाल बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नवराज पोखरेल ‘नवशिला’ ले गर्नुभएको थियो ।

रसिकको व्यक्तित्वका विभिन्न पाटाका बारेमा साहित्यकार केशु विरहीले प्रष्ट्याउनुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments