Friday, December 5, 2025
Homeफिचरसलकपुर खानेपानीको साधारणसभा सम्पन्न, वार्षिक प्रतिवेदन संशोधनसहित अनुमोदन

सलकपुर खानेपानीको साधारणसभा सम्पन्न, वार्षिक प्रतिवेदन संशोधनसहित अनुमोदन

सलकपुरः सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको १७ औँ वार्षिक साधारण सभा हिजो संस्थाको प्राङ्गणमा सम्पन्न भएको छ । मोरङ क्षेत्र नम्बर ३ का सांसद डा. सुनिलकुमार शर्माको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा संस्थाका अध्यक्ष गजेन्द्र भट्टराईले प्रस्तुत गर्नुभएको संस्थाको वार्षिक प्रतिवेदन संशोधनसहित अनुमोदन भएको छ ।

प्रतिवेदनमा उल्लेख भएका कार्यसमितिले पारित गरेका संस्थाका नीति तथा कार्यविधि संशोधनसहित अनुमोदन भएको हो । साधारणसभाले संस्थाको आर्थिक प्रतिवेदन पनि पारित गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले आवश्यक कागजात नपुगेका कारण सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका लागि बजेट विनियोजन गर्न नसकिएको बताउनुभयो ।

कार्यक्रममा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका प्रमुख सुरतलाल चौधरी, सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईँ, पूर्व नगरप्रमुख शिवप्रसाद ढकाल, सलकपुर खानेपानीका संस्थापक अध्यक्ष लोकप्रसाद सङ्ग्रौला, सल्लाहकार सुशीला कार्की र कृष्णबहादुर भट्टराई, सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष खेमप्रसाद न्यौपाने, उपभोक्ता पृथ्वी शिवालगायतले आफ्ना धारणा राख्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments