Friday, December 5, 2025
Homeफिचरसलकपुर खानेपानीको नयाँ कार्यसमितिका लागि प्रगतिशील समूहबाट रामप्रसाद लुइँटेलको नेतृत्वमा उम्मेद्वारी घोषणा

सलकपुर खानेपानीको नयाँ कार्यसमितिका लागि प्रगतिशील समूहबाट रामप्रसाद लुइँटेलको नेतृत्वमा उम्मेद्वारी घोषणा

सलकपुरः सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ सञ्चालक समितिका लागि जेठ २४ गते निर्वाचन हुने भएको छ । सो निर्वाचनका लागि नेकपा एमाले समर्थित प्रगतिशील समूहले उम्मेद्वारहरूको नाम सार्वजनिक गरेको छ ।

सलकपुरमा आज पत्रकार सम्मेलन गरी सो समूहले उम्मेद्वारको नाम र समूहको प्रतिबद्धता सार्वजनिक गरेको हो । सो समूहबाट रामप्रसाद लुइँटेलको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति र ३ सदस्यीय लेखा समितिका उम्मेद्वारको नाम सार्वजनिक गरिएको हो ।

यी हुन् प्रगतिशील समूहबाट उम्मेद्वारी दिनेहरू

अध्यक्षः रामप्रसाद लुइँटेल

उपाध्यक्षः दोर्ण शिवा

सचिवः घनिन्द्र न्यौपाने

सहसचिवः ज्ञानबहादुर सुवेदी

कोषाध्यक्षः गंगाबहादुर अधिकारी

सदस्यः लीलाप्रसाद दाहाल

सदस्यः पुष्पराज काफ्ले

सदस्यः बद्री ढकाल

सदस्यः सुनिता घिमिरे

सदस्यः भानुदेवी पाण्डे

सदस्यः दुर्गाप्रसाद चौलागाई

लेखा संयोजकः कमलप्रसाद गुरागाई

लेखा सदस्यः विष्णु प्रसाई

लेखा सदस्यः लक्ष्मीप्रसाद अधिकारी

यस्तो छ १३ बुँदे कार्ययोजना

१. दैनिक गुणस्तर परीक्षणसहित पानी वितरण

२. पाइपलाइन विस्तार गरी सबै घरमा समान सेवा पहुँच

३. खानेपानी ट्याङ्की वरपर हरियाली र सुरक्षात्मक संरचना विकास,

४. जोखिम न्यूनीकरणका लागि कम्तीमा १० स्थानमा दमकल सेवा स्थापना,

५. सेवा प्रवाहमा व्यावसायिकता, शीघ्रता र शिष्टताअन्तर्गत उपभोक्तालाई सहज, सम्मानजनक र उत्तरदायी सेवा प्रदान गरिने,

६. मोबाइल एप तथा अनलाइनमार्फत् डिजिटल भुक्तानी सुविधा

७. स्मार्ट च्याम्बरद्वारा क्षेत्रीय मर्मत कार्य, आपूर्ति निरन्तरता

८. निर्णय तथा खर्चमा पारदर्शिता, जनसहभागिता

९. स्वच्छता, स्वास्थ्य, शिक्षा, वातावरण, राहतलगायत सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन,

१०. उपभोक्ताबाट सङ्कलित आम्दानी सेवा सुधारमा प्रयोग

११. सम्पूर्ण खर्च सार्वजनिक सूचना र प्रतिष्पर्धामूलक प्रक्रियाबाट सञ्चालन गरिने

१२. त्रैमासिक लेखापरीक्षण र सार्वजनिक लेखा विवरण प्रकाशन गरिने,

१३. सामाजिक न्यायलाई आत्मासात् गर्दै अति विपन्न परिवारलाई शुद्व पानी सुलभ हुने गरी विशेष योजना लागू गरिने ।

स समूहले अबको आवश्यकता सफा पानी मात्र होइन, सफा समिति पनि हो, हामी बोल्ने मात्र होइन कार्यान्वयनमा विश्वास राख्छौँ र हामी वाचा गर्ने मात्र होइन जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता गर्दछौँ भन्ने आकर्षक नारा पनि संस्थाका उपभोक्तासमक्ष सार्वजनिक गरेको छ ।

हाल सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिमा आबद्ध घरधुरीको सङ्ख्या २ हजार ५४८ रहेको छ ।

हाल खानेपानीको धारा जडान गर्न १८ हजार रुपैयाँ धरौटी राख्नुपर्ने अवस्था रहेकाले सो अवस्थाको अन्त्य गरिने पनि यस समूहले प्रतिबद्धता जनाएको छ ।

हालसम्म यो समूहले आफ्नो आधिकारिक धारणा सञ्चारमाध्यममार्फत् सार्वजनिक गरेको छ । चुनावी प्रतिष्पर्धामा अन्य समूह पनि संलग्न भए पनि आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments