Friday, December 5, 2025
Homeफिचरसलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिमा लोकतान्त्रिक समूहको प्यानल सार्वजनिक

सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिमा लोकतान्त्रिक समूहको प्यानल सार्वजनिक

यही जेठ २४ गते सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नेतृत्व चयनका लागि हुने निर्वाचनमा नेपाली कांग्रेस समर्थित लोकतान्त्रिक समूहले आफ्नो प्यानलका उम्मेद्वार सार्वजनिक गरेको छ ।

चुनावी प्रचारका लागि घरदैलो अभियान शुरु गरिसकेको यो समूहले श्यामप्रसाद ढकालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति र ३ सदस्यीय लेखा समितिको नाम सार्वजनिक गरेको हो । आज सलकपुरमा आयोजित पत्रकार सम्मेलनमा सो समूहका उम्मेद्वारको नाम सार्वजनिक गरिएको हो ।

सो समूहले उपाध्यक्षमा दीपक गुरुङ, सचिवमा उद्धवप्रसाद अधिकारी, सहसचिवमा दीनानाथ अधिकारी (दिपेश), कोषाध्यक्षमा साबित्रा पोखरेललाई अघि सारेको छ ।

सदस्यहरूमा बबिता कार्की अधिकारी, लक्ष्मी भण्डारी, ज्ञानबहादुर खड्का, राजु बरुवाल, मकबुल मिया र सिलास उराउलाई उम्मेद्वारको रूपमा अघि सारेको छ ।

इञ्जिनियर सरोज भट्टराई लेखा संयोजक रहने गरी लेखा समिति सदस्यमा कपिल पोखरेल र मन्दिरा थापालाई अघि सारिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments