Friday, May 23, 2025
Homeकला र साहित्यनझरेका फूलहरूको आयोजनामा ‘२५ मिनेट दिनेश दाइसँग’ कार्यक्रम

नझरेका फूलहरूको आयोजनामा ‘२५ मिनेट दिनेश दाइसँग’ कार्यक्रम

इटहरीः नझरेका फूलहरूको आयोजनामा बुधबार साँझ इटहरीस्थित होटल मादेन इनमा ‘२५ मिनेट दिनेश दाइसँग’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा साहित्यकार दिनेश अधिकारी र उहाँकी धर्मपत्नी उषा अधिकारीलाई सम्मान गरिएको थियो ।

साहित्यकार पुरन याक्खाको सभापतित्वमा साँझ पौने ५ बजे शुरु भएको कार्यक्रम राति पौने ११ बजेसम्म सञ्चालन भएको थियो । कार्यक्रममा साहित्यकार अधिकारीले केही कालजयी गीत र कविता सुनाउनुभएको थियो ।

त्यस्तै, साहित्यकार मनु मञ्जिल, किरण टी लिम्बू, लक्ष्मी मादेन, देवान किराती, बद्री भिखारी, सुविद गुरागाईँ, दुर्गा पराजुली, गीताप्रसाद श्रेष्ठ, दुष्यान्त भट्टराई, बृषिका तुम्छा, सीता कडरिया, विज्ञान याक्खा लगायतले रचना वाचन गर्नुभएको थियो ।

नझरेका फूलहरूले भोलि शनिबार अर्काे पलेँटी साँझ आयोजना गर्दैछ । धरानमा हुने सो साँझमा सुन्दरहरैंचाका कवि पुरन याक्खाले आफ्ना रचनाहरु वाचन गर्नुहुने भएको छ ।

नझरेका फूलहरुको आयोजनामा हुने पलेँटीको ४६ औं शृङ्खलामा पुरन याक्खा प्रस्तुत हुने

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments