Wednesday, November 25, 2026
Homeखेलकुदसुन्दरहरैँचामा शुक्रबारदेखि तेस्रो वडाध्यक्ष कप अण्डर फिफ्टिन फुटबल प्रतियोगिता हुने

सुन्दरहरैँचामा शुक्रबारदेखि तेस्रो वडाध्यक्ष कप अण्डर फिफ्टिन फुटबल प्रतियोगिता हुने

शुक्रबारेः शुक्रबारदेखि मोरङको सुन्दरहरैँचा नगरपालिका १२ स्थित शुक्रबारे खेलमैदानमा तेस्रो वडाध्यक्ष कप यु–१५ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

शुक्रबारे फुटबल क्लबको आयोजनामा मंसिर ११ देखि १९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने सो प्रतियोगितालाई सुन्दरहरैँचा नगर खेलकुद विकास समिति र वडा नम्बर १२ ले प्रवद्र्धन गर्ने भएका छन् ।

१८ वटा विद्यालयले भाग लिने सो प्रतियोगिता १५ वर्षमुनिका खेलाडीलाई लक्षित गरी आयोजना गर्न लागिएको खेल संयोजक टीकाप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

आयोजकका अनुसार प्रतियोगिताको विजेताले नगद ५१ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३१ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछ । प्रतियोगितामा विभिन्न विधागत पुरस्कारको समेत व्यवस्था गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य उद्देश्य बालबालिकालाई सानै उमेरदेखि खेलकुदमा आकर्षित गर्दै नयाँ फुटबल खेलाडी उत्पादन गर्नुका साथै युवालाई कुलतबाट जोगाई खेलकुदमा सक्रिय बनाउनु रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिका–१२ का वडाध्यक्ष तथा नगर प्रवक्ता रोशनप्रसाद ढकालले शुक्रबारे खेलमैदानमा रात्रिकालीन फुटबल खेल सञ्चालन गर्न बत्ती जडानको काम भइरहेको बताउनुभयो ।
विशेष अतिथि एन्फा मोरङका उपाध्यक्ष प्रकाश मास्केले खेलमैदानलाई पुनर्जीवन दिने प्रयास गरेको भन्दै वडाध्यक्ष ढकालको प्रशंसा गर्नुभयो । उहाँले फुटबलको विकासका लागि विद्यालय तहदेखि नै ग्रासरुट फुटबललाई चलायमान बनाउनुपर्ने बताउनुभयो ।

क्लबका अध्यक्ष जय नारायण चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments