विराटचोकः बिहीबार मोरङको सुन्दरहरैंचा–९ स्थित स्कलर्स होम स्कुलमा निर्वाचनको माध्यमबाट चालु शैक्षिक सत्रका लागि विद्यालयको क्याप्टेन र भाइस क्याप्टेन चयन गरिएको छ ।
विद्यार्थीलाई निर्वाचन प्रणालीको महत्व जानकारी गराउनुका साथै पाठ्यक्रममा रहेको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक पद्धतिबाट विद्यार्थीलाई नै सहभागी गराई बुझाउन निर्वाचन पद्धतिमार्फत् क्याप्टेन र भाइस क्याप्टेन चयन गरिएको विद्यालयका प्रिन्सिपल तिलक राईले जानकारी दिनुभयो ।
बिहीबार भएको निर्वाचनमा विद्यालयका कक्षा तीनदेखि कक्षा १० सम्मका विद्यार्थी सहभागी भएका थिए । उनीहरुले क्याप्टेनका तीन जना उम्मेद्वारमध्ये १ जना र भाइस क्याप्टेनका ४ जना उम्मेद्वारमध्ये १ जनालाई मतदान गरेका थिए । निर्वाचनबाट अनिल देउजा क्याप्टेनमा र रिमान्ज बस्नेत भाइस क्याप्टेनमा निर्वाचित हुनुभएको छ ।
विजयी क्याप्टेन र भाइस क्याप्टेनलाई विद्यालयका प्रिन्सिपल तिलक राईका साथै अन्य शिक्षक तथा विद्यार्थीले बधाइ दिनुभएको छ । विजयी क्याप्टेन र भाइस क्याप्टेनलाई गत वर्षकी क्याप्टेन स्मृति राई र भाइस क्याप्टेन सन्ध्या खड्काले पद हस्तान्तरण गर्नुभएको थियो ।
सम्बन्धित समाचारः
स्कलर्स होममा निर्वाचन प्रक्रियाको अभ्यास, ‘क्याप्टेन’ मा स्मृति र ‘भाइस क्याप्टेन’ मा सन्ध्या