Saturday, July 19, 2025
Homeफिचरलेटाङले न्यायिक क्षेत्रमा गरेको प्रयास समेटिएको ‘लेटाङको न्यायिक अभ्यास’ सार्वजनिक

लेटाङले न्यायिक क्षेत्रमा गरेको प्रयास समेटिएको ‘लेटाङको न्यायिक अभ्यास’ सार्वजनिक

लेटाङः पालिकाले गरेका गतिविधिको दस्ताबेजीकरणमा अगाडि रहेको लेटाङ नगरपालिकाले न्यायिक क्षेत्रमा भएका कामको दस्ताबेजीकरणको पनि प्रयास गरिएको छ । सो क्रममा प्रकाशन गरिएको ‘लेटाङको न्यायिक अभ्यास’ नामक पुस्तक आज सार्वजनिक गरिएको छ ।

नगर कार्यपालिकाको बैठक शुरु हुनुपूर्व नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावती र उपप्रमुख कृष्णकुमारी निरौलाले संयुक्त रुपमा सो पुस्तक सार्वजनिक गर्नुभएको हो ।

पुस्तकमा लेटाङ नगरपालिकाले २०७४ सालदेखि हालसम्म न्याय सम्पादनको क्षेत्रमा गरेका महत्वपूर्ण कार्य समेटिएको छ । २६ ओटा लेख, ७ जना सेवाग्राहीको लेख तथा न्यायिक समितिमार्फत् भएका मेलमिलापसम्बन्धी १६ ओटा लेखका साथै चित्रहरू समावेश भएको पुस्तक लेटाङको न्यायिक समितिले गरेको काम सार्वजनिक गर्ने माध्यम भएको उपप्रमुख निरौलाले बताउनुभयो ।

सञ्चारकर्मी खेमचन्द्र अधिकारी र रेवतीरमण निरौलाको सम्पादन रहेको पुस्तक देशका अन्य पालिकाका लागि पनि आफ्ना कामको दस्ताबेजीकरणमा अनुकरणीय हुन सक्ने बताउनुभयो ।

लेटाङ नगरपालिकाले योजना बैंक पनि निर्माण गरिरहेको तथा पर्यटकीय सम्भावनायुक्त स्थानको प्रवद्र्धनका काम गर्नका लागि डीपीआर बनाउने काम भइरहेको नगरप्रमुख लावतीले जानकारी दिनुभयो । लेटाङको मुख्य प्रवेश स्थलमा प्रवेशद्वार राख्ने योजना रहेको पनि उहाँले बताउनुभयो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments