बेलबारीः पहिलो पाइला नेपाल बेलबारी शाखाको अध्यक्षमा रामकुमार थापा चयन हुनुभएको छ ।
सो शाखाको पहिलो अधिवेशनले उपाध्यक्षमा अजय खत्री, सचिवमा पवित्रा बिष्ट र कोषाध्यक्षमा विदुर थापा मगरलाई चयन गरेको छ ।
त्यस्तै, सदस्यहरुमा सुस्मिता थापा, नवराज थापा, सुदीप बुढाथोकी, सोनु राई, ऋषि राई, खेमराज दङ्गाल र नवीन भट्टराई चयन हुनुभएको छ ।







