Saturday, June 14, 2025
Homeअपराधराजावादी प्रदर्शनकारीको कुटपिटबाट भाँचियो सञ्चारकर्मी दिनेश गौतमको खुट्टा

राजावादी प्रदर्शनकारीको कुटपिटबाट भाँचियो सञ्चारकर्मी दिनेश गौतमको खुट्टा

काठमाडौंः आज काठमाडौंको तीनकुनेमा राजवादी प्रदर्शनकारीले गरेको कुटपिटबाट अनलाइन खबरका सञ्चारकर्मी दिनेश गौतमको खुट्टा भाँचिएको छ ।

रिपोर्टिङका लागि काठमाडौंको तीनकुने क्षेत्र पुगेका गौतममाथि राजावादी प्रदर्शनकारीहरूले कुटपिट गरेका थिए । राजावादी प्रदर्शनकारीले प्रहरीको अश्रुग्यास हान्ने हतियार खोसेका थिए । सो दृश्य पत्रकार गौतमले खिचेपछि गौतमलाई सिआइडी भन्दै प्रदर्शनकारीले आक्रमण गरेका थिए ।

प्रदर्शनकारीहरूले उनको मोबाइल खोस्नुका साथै कुटपिट गर्दा उनको देब्रे खुट्टाको गोलीगाँठानेर भाँच्चिएको छ । उपचारपछि उनी कार्यालय फर्किएका छन् ।

आज नै राजावादी प्रदर्शनकारीले तीनकुनेको एक घरमा आगजनी गर्दा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको छ ।

तीनकुनेमा भएको आगजनीमा परी आन्दोलनको भिडियो खिचिरहेका सञ्चारकर्मी सुरेश रजकको मृत्यु

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments