काठमाडौंः हिजो भएको राजावादी आन्दोलनको मूल नेतृत्व गरिरहेका उच्च तहका नेताहरूमध्ये पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा बी एण्ड सी अस्पतालमा उपचाररत् घाइतेको अवस्था बुझेर फर्कँदै गर्दा पक्राउ परेका छन् । प्रहरीले अन्य नेताहरू स्वागत नेपाल, सन्तोष तामाङ र जेफर लिम्बूलाई पनि पक्राउ गरेको छ ।
सो अभियानका संयोजक नवराज सुवेदीको घरमा भने प्रहरीले निगरानी गरिरहेको छ । ८६ वर्षीय सुवेदीको उमेर र स्वास्थ्यलाई लिएर तत्काल सुवेदीलाई पक्राउ नगरिएको बताइएको छ ।
प्रदर्शनलाई हिंसात्मक बनाएको आरोप लागेका दुर्गा प्रसाईँ भने फरार भएका छन् । प्रहरीले हिजो दिउँसो ३ बजेदेखि नै उनको खोजी गरे पनि पत्ता लगाउन सकेको छैन ।