काठमाडौंः राजावादीहरूले शुक्रबार काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक हुँदै गएपछि त्यस क्षेत्रमा राति १० बजेसम्म कफ्र्यु लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा ४ बजेर २५ मिनेटदेखि राति १० बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको हो ।
गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरबाट जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुल, नयाँबानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कफ्र्यु लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
तीनकुनेमा भएको आगजनीमा परी आन्दोलनको भिडियो खिचिरहेका सञ्चारकर्मी सुरेश रजकको मृत्यु







