विराटचोकः सुन्दरहरैंचामा बनेका अत्याधुनिक शौचालयले नगरको शोभा बढाएका छन् । यद्यपि ती शौचालय पहिले भनिएजसरी पूर्ण रुपमा सञ्चालनमा आउन सकेका छैनन् ।
शौचालय भएको पुस्तकालय, स्मोकिङ जोन, ब्युटी पार्लर, सैलुन, कफी हाउस, स्नानघर, श्रमिकलाई आवासको व्यवस्था भए पनि अन्य केही विषय भने अधुरै रहे ।
शौचालय प्रवेश गर्नका लागि शुरुमै मेसिनमा सिक्का खसाउनुपर्ने अनिमात्रै ढोका खुल्ने भनिएको थियो । तर त्यसरी शौचालय सञ्चालन भएनन् ।
शौचालयको फोहोरबाट ४५ घनमिटरको बायोग्यास जडान गरी त्यहाँबाट उत्पादन हुने विद्युतले शौचालय र पुस्तकालयका साथै अन्य ६ घरलाई बिजुली उपलब्ध हुने भनिए पनि सो काम पनि हुन सकेन ।
पुस्तकालय पनि सञ्चालन हुन सकेको छैन । ई लाइब्रेरी सञ्चालन हुने भनिए पनि सामान्य रुपमा मात्रै पुस्तकालय सञ्चालन भएको छ ।
यद्यपि शौचालयको अनुगमन र निरीक्षणमा बेलाबेला देशविदेशबाट आगन्तुक भने आइरहेका छन् ।
शौचालय र पुस्तकालय सञ्चालनमा समन्वय गरेका उद्योग वाणिज्य संघ र जेसीजले आफ्नो वाचा पूरा गर्न सकेका छैनन् ।
यसरी बने सुन्दरहरैंचामा एकै प्रकारका सार्वजनिक शौचालय (विश्व शौचालय दिवस विशेष)
यी हुन् सुन्दरहरैंचामा रहेका अत्याधुनिक सार्वजनिक शौचालयका विशेषता (विश्व शौचालय दिवस विशेष)