Monday, December 23, 2024
Homeफिचरयसरी बने सुन्दरहरैंचामा एकै प्रकारका सार्वजनिक शौचालय (विश्व शौचालय दिवस विशेष)

यसरी बने सुन्दरहरैंचामा एकै प्रकारका सार्वजनिक शौचालय (विश्व शौचालय दिवस विशेष)

विराटचोकः पीएलओ ग्रुप प्रालिका निर्देशक भोलेश्वर दुलालले एक दशक अघि पारिवारिक भ्रमणको सिलसिलामा युरोप जाँदा त्यहाँ देखेका सार्वजनिक शौचालयजस्तै शौचालय नेपालमा पनि बनाउने सपना देख्नुभयो ।

उहाँका अनुसार एउटा शौचालयमै धेरै सुविधा देखेपछि आफ्नो देशमा र आफ्नो नगरमा नै यस्ता शौचालय बनाउने भनेर सङ्कल्प गर्नुभयो । युरोपबाट फर्किनासाथ गृहनगर सुन्दरहरैँचामा एउटामात्रै होइन ८ वटा शौचालय बनाउने अठोटका साथ उहाँ छलफलमा जुट्नुभयो । सुन्दरहरैंचाको विराटचोक, सलकपुर, हरैँचा, खोर्साने, मृगौलिया, बलिया, गोठगाउँ र गछियामा सुविधासम्पन्न शौचालय बनाउने र त्यसको नेतृत्व सुन्दरहरैंचा उद्योग वाणिज्य संघले गर्ने निर्णय भयो ।

तत्कालीन नगरप्रमुख शिवप्रसाद ढकालले नगरपालिकाले वर्षभरि सञ्चालन हुने सबै योजनाबाट २ प्रतिशत रकम काटेर शौचालयलाई सहयोग गर्ने निर्णय कार्यपालिकाबाट पारित गराउनुभयो । शौचालय निर्माण महाअभियान सञ्चालन गरियो । सो अभियानमा १ करोडभन्दा धेरै रुपैयाँ सङ्कलन भयो । जसले निर्माण कार्य सहज भयो । नगरमा बन्ने सबै शौचालय एकै आकारका बनाउने निर्णय भएअनुसार सलकपुर र विराटचोकमा शौचालय बने । २०७७ साल असोज २७ गते तत्कालीन प्रदेश प्रमुख शेरधन राईले शौचालयको उद्घाटन गर्नुभयो ।

यी हुन् सुन्दरहरैंचामा रहेका अत्याधुनिक सार्वजनिक शौचालयका विशेषता (विश्व शौचालय दिवस विशेष)

आज विश्व शौचालय दिवस

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments