विराटचोकः आज विश्वभर शौचालय दिवस मनाइँदैछ । विश्वव्यापी दीगो विकासको लक्ष्य अन्तर्गत सन् २०३० सम्म हरेक व्यक्तिको शौचालयमा पहुँच पुग्ने लक्ष्य तय गरिएको छ । विश्वमा अझै पनि दुई अर्ब भन्दा बढी मानिस शौचालयको पहुँच बाहिर रहेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाएको छ ।
सो सङ्गठनका अनुसार हरेक १० जनामध्ये १ जनाले खुला ठाउँमा दिसापिसाब गर्ने गरेका छन् । सुरक्षित शौचालयको अभावमा हुने फोहोरका कारण झाडापखाला लागेर हरेक वर्ष १ लाखभन्दा बढी बालबालिकाको मृत्यु हुने गरेको छ ।