Monday, December 23, 2024
Homeफिचरघट्यो नेप्से र कारोबार रकम दुवै

घट्यो नेप्से र कारोबार रकम दुवै

विराटचोकः अघिल्ला दुई कारोबार दिन सामान्य अंक बढेको शेयर बजार मापक परिसूचक नेप्से आज ५१ दशमलव ११ अंक घटेर २७०२ दशमलव ६५ विन्दुमा अडिएको छ । कारोबार रकम पनि घटेको छ ।

आज ३१० स्टकको १ लाख ५ हजार ८ सय २७ पटकको कारोबारमा १० अर्ब ४६ करोड ८३ लाख २० हजार ५२१ रुपैयाँको २ करोड २५ लाख ८८ हजार २४७ कित्ता शेयर किनबेच भएको छ ।

बजार घटे पनि आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ । ङादी ग्रुप पावरको शेयरमूल्य सर्वाधिक ९ दशमलव २५ प्रतिशत घटेको छ ।

आज ङादी ग्रुप पावरको ४६ करोड ६८ लाख ९९ हजार ८०५ रुपैयाँको शेयर कारोबार भएको छ । आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३ दशमलव १७ प्रतिशत घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४३ खर्ब ३ अर्ब ४४ करोड १७ लाख ५८ हजार २१० रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments