Tuesday, December 24, 2024
Homeसमाचारसुन्दरहरैंचाको सार्वजनिक सुनुवाइमा नगरवासीको न्यून उपस्थिति, अधिकांश कुर्सी खाली (भिडियोसहित)

सुन्दरहरैंचाको सार्वजनिक सुनुवाइमा नगरवासीको न्यून उपस्थिति, अधिकांश कुर्सी खाली (भिडियोसहित)

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले आज विराटचोकमा गरेको नगरस्तरीय सार्वजनिक सुनुवाइमा नागरिकको न्यून उपस्थिति देखिएको छ ।

काठमाडौंको टेक मिडिया हाउस प्रालिको सहजीकरणमा भएको सुनुवाइ कार्यक्रमअन्तर्गत हिजो वडा नम्बर ३, ४, ५ र ६ को सार्वजनिक सुनुवाइ भएकोमा आज वडा नम्बर ८, ९, १० र १२ को सार्वजनिक सुनुवाइ भएको हो । सार्वजनिक सुनुवाइमा नगरवासीको उल्लेख्य सहभागिता हुनुपर्ने भए पनि हिजोको सार्वजनिक सुनुवाइमा न्यून उपस्थिति थियो । आजको सुनुवाइमा त अधिकांश कुर्सी खाली नै थिए । जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, सञ्चारकर्मी र सुरक्षाकर्मीबाहेक आजको सुनुवाइमा २५ जनाजति सर्वसाधारणको उपस्थिति थियो । उपस्थित सर्वसाधारणमध्ये ९ जनाले आफ्ना जिज्ञासा राखेका थिए ।

नगरपालिकाको सार्वजनिक सुनुवाइमा मुख्य रुपमा जनप्रतिनिधि उत्तरदाताको रुपमा सहभागी हुन्छन् । सबैभन्दा बढी जनसंख्या भएको वडा नम्बर १० का जनप्रतिनिधिको उपस्थिति नै थिएन । सोही वडाबाट विजयी कार्यपालिका सदस्य बबिता खापुङ उत्तरदाताको रुपमा नभएर प्रश्नकर्ताको दीर्घामा बस्नुभएको थियो । आफूले जवाफ दिनुपर्ने जिज्ञासा नसोधिएपछि वडा नम्बर ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठ पनि कार्यक्रम नसकिई हिँड्नुभएको थियो ।

सुन्दरहरैंचाका ४ वटा वडाको सार्वजनिक सुनुवाइ सम्पन्न

सुन्दरहरैंचा १२ को सार्वजनिक सुनुवाइ सम्पन्न

सुन्दरहरैंचा ५ को सार्वजनिक सुनुवाइ सम्पन्न

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments