विराटचोकः आज विश्व सङ्गीत दिवस । हरेक वर्ष जुन २१ को दिन विश्व सङ्गीत दिवस मनाइन्छ । अमेरिकी सङ्गीतकार जोल कोहेनले सन् १९७६ मा सङ्गीत दिवसको अवधारणा ल्याएको भए पनि यसको औपचारिक सुरुवात फ्रान्सबाट सन् १९८२ मा भएको थियो ।
पहिलोपटक सन् १९८१ जुन २१ मा फ्रान्समा यो दिवस मनाइएको थियो । त्यसयता हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन विश्व सङ्गीत दिवस मनाउन थालिएको हो ।
नेपालमा विक्रम सम्वत् २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो । सङ्गीत तथा कला क्षेत्रमा क्रियाशील साधक एवं गायक, लेखक, रचनाकार, सङ्गीतकार तथा सङ्गीतप्रेमीहरुको सहभागितामा सङ्गीत दिवस मनाउने गरिन्छ । सङ्गीत दिवसको अवसरमा नेपाल साङ्गीतिक संघले काठमाडांैमा प्रत्येक वर्ष विशेष कार्यक्रम गर्ने गरेको छ ।