भेडेटार । धनकुटाको साँगुरीगढी गाउँपालिका–६, मुक्तेनमा बर्कोमा आगो सल्किएर जलेकी ९२ वर्षीया पविमाया मगरको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार सोमबार साँझ करिब ५ बजे आफ्नै घरको आँगनमा रहेको चुलोमा खोले पकाएर आगो ताप्ने क्रममा मगरले ओढेको बर्कोमा आगो सल्किएको थियो । आगलागीबाट उनको कम्मरमुनिको भाग जलेको थियो ।
घटनाबारे मंगलबार बिहान करिब साढे ६ बजे इलाका प्रहरी कार्यालय भेडेटारमा जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकको शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको जनाएको छ ।





