Wednesday, October 28, 2026
Homeधर्म र संस्कृतिकुम्भ मेलाका क्रममा फेला परेका सामग्री दोस्रो पटक सार्वजनिक, प्रमाणसहित दाबी गर्न...

कुम्भ मेलाका क्रममा फेला परेका सामग्री दोस्रो पटक सार्वजनिक, प्रमाणसहित दाबी गर्न सात दिनको म्याद

चतराः अढाइ वर्ष अघि वराहक्षेत्र मन्दिरमा २०८० चैत २७ गतेदेखि एक महिनासम्म आयोजना भएको १२ वर्षे पूर्ण महाकुम्भ मेलाका क्रममा भक्तजनले हराएका तथा छोडेर गएका सामग्री बराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिले दोस्रो पटक सार्वजनिक गरेको छ ।

समितिले मंगलबार पत्रकार सम्मेलन गरी ती सामग्री सार्वजनिक गर्दै सम्बन्धित व्यक्तिलाई सूचना प्रकाशन भएको मितिदेखि सात दिनभित्र आवश्यक प्रमाणसहित हकदाबी पेश गर्न आह्वान गरेको हो ।

वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठका अनुसार महाकुम्भ मेलाका क्रममा मन्दिर परिसरमा भक्तजनले विभिन्न सामग्री हराएका तथा छोडेर गएका तथा त्यस्ता सामग्री फेला पारी समितिलाई बुझाइएका केही सामग्री अन्य भक्तजनले फेला पारेर समितिमा बुझाएका थिए ।

समितिले ती सामग्री यसअघि पनि सार्वजनिक गरेको थियो । तीमध्ये केही सामग्री अझै समितिकै संरक्षणमा रहेकाले दोस्रो पटक सार्वजनिक गरिएको अध्यक्ष श्रेष्ठले बताए । महाकुम्भ मेलाका क्रममा मन्दिर परिसरमा फेला परेका रकमसहितका झोला, घडी, चाबी, पर्स, गरगहना, मोबाइल फोनलगायतका सामग्री समितिको संरक्षणमा राखिएका छन् ।

समितिको २०८३ कात्तिक ९ गते बसेको बैठकले आफ्नो संरक्षणमा रहेका सामग्री पुनः सार्वजनिक गरी सात दिनभित्र प्रमाणसहित हकदाबी गर्न सम्बन्धित व्यक्तिलाई आह्वान गर्ने निर्णय गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

समितिका कोषाध्यक्ष रविकुमार श्रेष्ठका अनुसार महाकुम्भ मेला सम्पन्न भएको लामो समय बितिसक्दा पनि हराएका सामग्री खोजी गर्दै हकदाबी गर्न कोही नआएकाले पुनः सूचना जारी गरी सामग्री सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएका सामग्रीमा आफ्नो हक लाग्ने व्यक्तिले सूचना प्रकाशन भएको मिति २०८३ कात्तिक १० गतेदेखि सात दिनभित्र स्वामित्व पुष्टि हुने आवश्यक प्रमाणसहित समितिमा दाबी पेस गर्नुपर्ने कोषाध्यक्ष श्रेष्ठले बताए ।

तोकिएको अवधिभित्र प्रमाणसहित हकदाबी पेस नभएका सामग्री समितिको नाममा आम्दानी बाँधिने उनले जानकारी दिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments