तीनपैनीः सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ५ को चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाई आइतबार सम्पन्न भएको छ ।
विराट सञ्चार प्रालि सुन्दरहरैंचाको सहजीकरणमा भएको कार्यक्रममा वडावासीले उठाएका जिज्ञासाको समाधान वडाध्यक्ष गणेश चौधरीले गर्नुका साथै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । वडा सचिव मञ्जु गुरुङले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको पञ्जीकरण विवरण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, सञ्चारकर्मी तथा वडावासीको उपस्थिति रहेको थियो ।