काठमाडौंः तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो दिनको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पोखरा एभेन्जर्सविरुद्ध फिल्डिङ रोजेको छ ।
त्रिवि क्रिकेट मैदानमा पोखराविरुद्ध सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
यसअघि अस्ति भएको उद्घाटन खेलमा साबिक उपविजेता सुदूरपश्चिम साबिक विजेता लुम्बिनी लायन्ससँग पराजित भएको थियो ।





