विराटनगर । विराटनगर जेसीजले आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा नेपाल पत्रकार महासंघ मोरङ शाखाले आयोजक विराटनगर जेसीजलाई पराजित गर्दै उपाधि जितेको छ ।
विराटनगर जेसीजको सप्ताहअन्तर्गत मंगलबार आयोजित प्रतियोगितामा महासंघले विराटनगर जेसीजलाई ७–६ गोलले पराजित गरेको हो । जीतसँगै महासंघको टोलीले ट्रफी र मेडल प्राप्त गरेको छ ।
निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए । दोस्रो हाफको अन्त्यतिर निर्णायक गोल गर्दै पत्रकार महासंघले जीत सुनिश्चित गरेको हो ।
विजेता खेलाडीलाई नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष सुशीला पाठक, विराटनगर जेसीजका अध्यक्ष कविराज दाहाललगायतले पुरस्कार वितरण गरेका थिए ।





