Tuesday, December 24, 2024
Homeधर्म र संस्कृतिकुम्भमेला जाने ज्येष्ठलाई निःशुल्क बस उपलब्ध गराउँदै सुन्दरहरैंचाका विद्यालयहरु

कुम्भमेला जाने ज्येष्ठलाई निःशुल्क बस उपलब्ध गराउँदै सुन्दरहरैंचाका विद्यालयहरु

विराटचोकः सुन्दरहरैंचाका संस्थागत विद्यालयले सुनसरीको चतरामा जारी पूर्ण कुम्भ मेलामा जाने ज्येष्ठ नागरिकलाई निःशुल्क बस सेवा उपलब्ध गराइरहेका छन् ।

सार्वजनिक बिदाको दिन विद्यालयका बस खाली हुने हुनाले सो दिन चतरासम्म जान र आउनका लागि ती विद्यालयले निःशुल्क बस सेवा उपलब्ध गराएका हुन् । बाटोमा खाने खाजा, खाना र अन्य बन्दोबस्तीको व्यवस्था तीर्थयात्री स्वयम्ले बेहोर्ने गरी कुम्भमेला जान र आउनको लागि निःशुल्क बस उपलब्ध गराएको ती विद्यालयले जनाएका छन् ।

सुन्दरहरैंचा १० मा रहेको सिद्धार्थ सेकेण्डरी स्कुलले बैशाख १५ गते शनिबार ज्येष्ठ नागरिक समाज सुन्दरहरैंचाको संयोजनमा सो वडाका ज्येष्ठ नागरिकलाई कुम्भ मेलामा लाने भएको छ । विद्यालयका प्रिन्सिपल अर्जुन बस्नेतका अनुसार विद्यालयका ६ वटा बस कुम्भ मेलामा जाने ज्येष्ठ नागरिकका लागि निःशुल्क उपलब्ध गराइने भएको हो ।

सुन्दरहरैंचा १० मा रहेको बालप्रतिभा सेकेण्डरी इङ्लिस स्कुलले गत शनिबार सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ र बेलबारी नगरपालिका वडा नम्बर २ लालभित्तीका ७२ जना ज्येष्ठ नागरिकलाई निःशुल्क बस सेवा उपलब्ध गराएको थियो । सो विद्यालयले बैशाख १५ गते शनिबार पनि ७२ जना ज्येष्ठ नागरिकलाई विद्यालयका २ वटा बसमार्फत् सेवा दिने विद्यालयका प्रिन्सिपल गणेशप्रसाद दाहालले जानकारी दिनुभएको छ ।

त्यस्तै, सुन्दरहरैंचा ७ मा रहेको मदरल्याण्ड सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुलले पनि बैशाख १५ गते सुन्दरहरैंचा ७ गोठगाउँका ६० वर्षभन्दा माथिका ४० जना ज्येष्ठलाई निःशुल्क बस उपलब्ध गराउने भएको छ । विद्यालयका प्रिन्सिपल राम दाहालका अनुसार तीर्थयात्रीका लागि विद्यालयले निःशुल्क बस उपलब्ध गराए पनि बाटामा हुने बाँकी खर्च तीर्थयात्री स्वयम्ले बेहोर्नुपर्नेछ ।

 

कुम्भमेलामा ज्येष्ठलाई तीर्थाटन गराउँदै सुन्दरहरैंचाको १२ नम्बर वडा कार्यालय

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments