काठमाडौंः सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको संस्थापक सेयर र कर्मचारीलाई बाँडफाँड भएको शेयरको ‘लक इन’ अवधि आगामी वैशाख ३० गते सकिने भएको छ ।
लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी र कर्मचारीसँग भएको शेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीले सर्वसाधारणलाई २०७८ वैशाख ३१ गते शेयर बाँडफाँड गरेको थियो । उक्त मितिबाट ३ वर्षसम्म संस्थापक शेयरधनी र कर्मचारीहरुको शेयर लक इनमा राख्नुपर्ने व्यवस्था समाप्त हुन लागेको हो ।
सो कम्पनीको ५८ लाख ७५ हजार ८७० कित्ता संस्थापक शेयर र ५० हजार ३६५ कित्ता शेयर कर्मचारीको डिम्याट खातामा छ ।
सामुहिक लगानी कोषसँग भएको १ लाख २५ हजार ९११ कित्ता शेयर र सर्वसाधारणसँग भएको २३ लाख ४१ हजार ९५४ कित्ता शेयरको मात्रै अहिले दोस्रो बजारमा कारोबार भइरहेको छ ।