दुहबीः सुनसरीको दुहबी नगरपालिकामा यस वर्षको छठ पूजा व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले चन्दनकुमार बैठाको अध्यक्षतामा श्री छठ पूजा समिति गठन गरिएको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा रितेश हलुवाई, उपाध्यक्षमा शिवा हलुवाई, सचिवमा सुरजकुमार रैनियार र सहसचिवमा बुधु रैनियार चयन भएका छन् । कोषाध्यक्षमा राजकुमार स्वर्णकार र सहकोषाध्यक्षमा जीवन हलुवाई चयन भएका छन् ।
समितिका सदस्यहरूमा कल्पना श्रेष्ठ, राहुल झा, अभिषेक हलुवाई, अभिषेक मण्डल, चन्दन हलुवाई, जितु अग्रहरी, शिवनारायण यादव, सञ्जिव गुप्ता, सतिश हलुवाई, राकेश हलुवाई, दर्शन हलुवाई, रोहित चौधरी, राजा रैनियार, विशाल हलुवाई, राजेश साह र शिवा साहलगायत रहेका छन् ।
समितिले छठ पर्वका अवसरमा घाट व्यवस्थापन, सरसफाइ, सुरक्षा तथा पूजा गर्न आउने श्रद्धालुहरूको सहजताका लागि आवश्यक तयारी गर्ने जनाएको छ ।
छठ पर्वलाई व्यवस्थित, मर्यादित र भक्तिमय वातावरणमा सम्पन्न गर्न स्थानीयवासी, श्रद्धालु तथा सम्बन्धित निकायसँग सहकार्य गरिने समितिका अध्यक्ष बैठाले बताए ।





