Wednesday, December 25, 2024
Homeफिचरस्ट्रेन्थ जिमको वार्षिकोत्सवमा ६० पिण्ट रगत सङ्कलन

स्ट्रेन्थ जिमको वार्षिकोत्सवमा ६० पिण्ट रगत सङ्कलन

विराटचोकः सुन्दरहरैंचा १२ मा रहेको स्ट्रेन्थ जिम एण्ड फिटनेस सेन्टरको तेस्रो वार्षिकोत्सवमा ६० पिण्ट रगत सङ्कलन भएको छ ।

सेन्टरका सञ्चालक दीपक गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि शारीरिक सुगठन खेलाडी ललित धिमाल हुनुहुन्थ्यो ।

नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार शाखाको प्राविधिक सहयोगमा फिटनेस सेन्टरकै प्राङ्गणमा सम्पन्न रक्तदान कार्यक्रममा ६० जना भन्दा बढीले रक्तदान गर्नुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि समाजसेवी ललितबहादुर श्रेष्ठ, साहित्यकार पुरन राई, नेपाल बडी बिल्डिङ सङ्घका निर्णायक कबिरभगत श्रेष्ठ, अन्तर्राष्ट्रिय रेफ्री कुन्ती गुरुङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू मनोज सुवेदी, रिक्की थापामगर, गोविन्द बिशङ्खे, विशाल पौडेललगायतको उपस्थिति थियो ।

सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्की, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष छवि वैरागी घिमिरे, युवा अग्रज समाजसेवी रञ्जन ओझा, मिराजजंग थापा, खगेन्द्र रिजाल, बलु विष्टलगायत कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा सो सेन्टरका सञ्चालक कृष्ण दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम सञ्चालन नझरेका फूलहरुको प्रस्तोता केपी घिमिरेले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments