विराटचोकः ध्रुवराज राई श्रम संस्कृति पार्टीको तर्फबाट भोजपुरबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । योसँगै श्रम संस्कृति पार्टीका ३ जना उम्मेद्वार विजयी हुनुभएको छ ।
अन्तिम मत परिणामअनुसार विजयी राईले १६ हजार ६६३ मत ल्याउँदा नेकपा एमालेका शेरधन राईले १४ हजार ७५० मत ल्याउनुभयो ।
नेपाली कांग्रेसका बालकृष्ण थापाले ८ हजार ६७०, रास्वपाका रमेशप्रसाद ओझाले ६ हजार १०२ र नेपाली कम्युनिष्ट पार्टीका अजम्मर राई काङमाङले ५ हजार ७२८ मत ल्याउनुभएको छ ।
अन्य उम्मेद्वारले ८१५ भन्दा कम मत ल्याउनुभएको छ ।
भोजपुरमा अघिल्लो निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका सुदन किराती २८ हजार ५९१ मत ल्याएर विजयी हुनुभएको थियो ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी १ बाट विजयी







